काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज चैत ८ गतेदेखि आवेदन खुला गरिएको छ।
कम्पनीले ३१ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ।
कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारण आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आईपीओमा आवेदन दिन पाइनेछ।
ग्रीन भेन्चर्सको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ। यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।
यसअघि ग्रीन भेन्चर्सले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता सेयर गत फागुन २९ गते बाँडफाँड गरिसकेको छ। आयोजना प्रभावितका लागि कम्पनीले गत फागुन २ गतेदेखि फागुन २० गतेसम्म आईपीओ बिक्री गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19