काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा आज (वैशाख २५ गते)देखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ। 

प्रतिनिधिसभा बैठकमा वैशाख २७ गतेसम्म प्रि–बजेट छलफल हुनेछ। बैठक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ। 

वैशाख २७ गते अर्थमन्त्री डा. महतले बैठकमा उठेका प्रश्नहरु जबाफ दिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ। 

हिजो (वैशाख २४ गते)बाट संसदमा बजेट अधिवेशन सुरु भएको थियो। पहिलो दिन नै अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। बजेटका सिद्धान्त तथा प्राथमिकतामा आजदेखि छलफल हुन लागेको हो।

सांसदहरुले उठाएका प्रश्नका जबाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ। त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ।