काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (असोज २९ गते)देखि दसैँका लागि खसी–बोका बिक्री गर्ने भएको छ।
कम्पनीले यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउँदैछ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले दसैँका लागि २ हजारवटा खसी र बोका तथा १ हजारवटा च्यांग्रा बिक्रीका लागि ल्याइने जानकारी दिइन्।
खसी, बोका र च्यांग्रा ल्याउन कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो। यसपालि पनि किलोमा १० रुपैयाँ छुट दिने व्यवस्था कम्पनीले गरेको छ। हाल बजारमा जिउँदो मासु किलोको ६८० रुपैयाँको आसपास बिक्री भइरहेको छ।
यसैबीच चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्रीवितरण गराउने उद्देश्यले सरकारले काठमाण्डौ उपत्यकाका ११ स्थानका बजारमा पशु चिकित्सकसहितको टोली परिचालन गर्नेछ। पशु सेवा विभागले स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थ्यको सिङमा ‘रातो’ चिह्न लगाउने अभियान आइतबारबाट सुरु गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19