काठमाण्डौ । एभरेष्ट र नेपाल बंगलादेश बैंक लिमिटेडले प्रस्ताव गरेका गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि एभरेष्ट बैंकले भोलि (पुस १० गते) देखि २७ गतेसम्म र नेपाल बंगलादेश बैंकले भोलि (पुस १० गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म कायम सेयरधनीहरु यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

एभरेष्ट बैंकले यही पुस २७ गते वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्नेछ।

यसैगरी नेपाल बंगलादेशले यही पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ। यही सभाले बैंकद्वारा प्रस्तावित कुल ८.४२ प्रतिशत (६ प्रतिशत बोनस र २.४२ प्रतिशत नगद) पारित गर्नेछ।