काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको हो।
यी दुवै योजनाको लाभांश वितरणार्थ क्यापिटलले भोलि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ आजसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।
यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago