काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २७ गते बु्क क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज असोज २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते १७ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अपराह्न १ बजेबाट सुरु हुनेछ।
सभाले लाभांश पारित गर्नुका साथै बोनस सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापुँजीलाई आवश्यकताअनुसार वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago