काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ।

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८–७९ का लागि घोषित प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

यी दुवै योजनाका प्रतिफल वितरणार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्। 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ। 

यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ।