काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। 

सभाले संस्थापक समूहबाट ४ जना, सर्वसाधारण समूहबाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।