काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस २१ गते अन्तिम मौका रहेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस २२ गते बुक क्लोज गर्दैछन्। यसथृ आजसम्म कायम सेयरधनीहरु यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश स्वीकृत गर्न कम्पनीले यही पुस २९ गते २९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सुरु हुनेछ। 

यसैगरी मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्। 

लाभांश पारित गर्न संस्थाले आउँदो माघ ६ गते १० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा नुवाकोटको विदूरस्थित क्राउन होटल हारतीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।