काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीको भोलि चैत ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणभा यही चैत २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश छन्। 

सभाले कम्पनीको जारी पुँजी वृद्धि हुने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अमित पाण्डेलाई ४ वर्षका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।