काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित जीवन विकास लघुवित्त र एनएमवि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १६ गते अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै लघुवित्तले भोलि चैत १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुविको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

जीवन विकास लघुवित्तले आफ्नो चौथो वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा मोरङको कटहरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको कुल १४.९९९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १४.२८५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४२ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

यसैगरी एनएमबि लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ६ करोड ९० लाख ३८ हजार १९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको पारित गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ६ करोड ५५ लाख ८६ हजार २८६.२० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९०९.८० रुपैयाँबराबरको नगद लाभांश छन्।