काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज साउन ३१ गते अन्तिम दिन रहेको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल अनुसार लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश वितरण प्रयोजनार्थ भोलि साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन ३१ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउनेछन्। 

आर्थिक वर्ष २०७९–८०का लागि करसहित लक्ष्मी उन्नति कोषका इकाइधनीलाई ९.५ प्रतिशत र लक्ष्मी इक्विटी फन्डका इकाइधनीलाई ८ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले जनाएको छ।