काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम मौका रहेको छ।
कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेका सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२को लाभांश वितरणार्थ भोलि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले मात्रै यी दुवै योजनाको लाभांश पाउनेछन्।
योजना व्यवस्था सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७९–८० का लागि सिद्धार्थ इक्विटी फन्डका इकाइधनीलाई करसहित ५ प्रतिशत (७ करोड ५० लाख रुपैयाँं र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीलाई करसहित ६.५ प्रतिशत (७ करोड ८० लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19