काठमाण्डौ । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को आर्थिक वर्ष २०७९–८०को लाभांश सुरक्षित गर्ने आज असोज २४ गते अनितम दिन रहेको छ। 

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले यो योजनाको लाभांश वितरणार्थ भोलि असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ २४ गतेसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन्।

यो योजनाका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ। 

यस योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आईएमई बैंक रहेको छ।