काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ। 

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २१ गतेसम्म कायम सेयरधनीहरुले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।

क्यापिटलले करसहित एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

ती दुवै योजनाका इकाइधनीहरुलाई क्रमशः ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ र ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ।