काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ६ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
आज नेपाल टेलिकम, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ६ वटै कम्पनीले पुस १९ गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आजसम्म(पुस १८ गते) सम्म कायम सेयरधनी मात्रै यी कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन् ।
नेपाल टेलिकमले गत आर्थिक वर्षका लागि प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश,ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत नगद लाभांस, मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश, महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत नगद लाभांश, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश र बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरेका छन् ।
लाभांस वितरणको प्रस्ताव पारित गर्न लाभांस वितरणको प्रस्ताव पारित गर्न मुक्तिनाथ विकास बैंक,लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले आगामी पुस २८ गते,नेपाल टेलिकम र ग्लोबल आईएमई लघुवित्तले पुस २९ गते र लक्ष्मी सनराइन बैंकले आगामी पुस २६ गते वार्षिक साधारण सभा आयोजना गर्दैछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19