काठमाण्डौ । तीन वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम अवसर रहेको छ।
महुली लघुवित्त, डिप्रोक्स लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी तीनै वित्तीय संस्थाले भोलि (चैत १० गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज (चैत ९ गते) सम्म कायम सेयरधनीहरुमा यी तीनै संस्थाका प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्ताव लाभांश संस्थाको यही चैत २० गते हुने १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
त्यस्तै महुली लघुवित्तले कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५ नगद (कर प्रयोजन)का लागि रहेको छ। प्रस्तावित यो लाभांश संस्थाको यही चैत २५ गते हुने आठौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ।
उता सांग्रिला डेभलपमेन्ट बैंकले कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर प्रयोजनार्थ) छन्। प्रस्तावित लाभांश बैंकको यही चैत २३ गते हुने १६ औँ वार्षिक साधारणसभाबाट पारित अनुमोदन हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago