काठमाण्डौ । उन्नति सहकार्य र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।

यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत १८ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज चैत १७ गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

उन्नति सहकार्यले गत आर्थिक वर्षका लागि  १७.८१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही चैत ३१ गते हुने छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी आरम्भ चौतारीले कुल ८.८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही चैत ३१ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।