काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।
संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत २२ गतेदेखि आगामी वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाले आउँदो वैशाख ७ गते डोकेको १० औँ र ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५४.५२ः४५.४८ अनुपातमा रुपान्तरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। हाल संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ६४.५२ः३५.४८ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago