काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १६ गते अन्तिम मौका रहेको छ। 

गत असार ९ गते बसेको कम्पनी सञ्चालक समितिले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ११ प्रतिशत बोनस सेयर र बाँकी ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

कम्पनीको चुक्तापुँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ। 

कम्पनीले आउँदो असार ३० गते काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा २४ औँ वार्षिक साधारणसभा डोकेको छ। यही वार्षिक साधारणसभा प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।