काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने २० करोड रुपैयाँबराबरको सिद्धार्थ व्यवस्थित लगानी योजना (सिद्धार्थ सिस्टमेटिक इभेस्टमेन्ट स्किम) का इकाइहरु खरिद गर्ने आज असार २० गते अन्तिम मौका रहेको छ।
गत असार १६ गतेबाट यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित मूल्यका कुल २ करोड इकाइको बिक्री खुला गरिएको छ। यस योजनामा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।
निष्कासित कुल इकाइमध्ये ५ प्रतिशत इकाइमा योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाइमा कोष प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेडले बिजुपुँजीका रुपमा लगानी गर्नेछन्। बाँकी ८५ प्रतिशत इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ।
खुलामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा २० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरु एवं सीडीएससीको मेरो सेयरबाट यस योजनाका इकाइहरु खरिदका लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले यस योजनालाई गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19