काठमाण्डौ । ग्लोबल आईएमई बैंक र नेपाल एसबीआई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंगलबार (पुस १४ गते) अन्तिम दिन रहेको छ।

दुवै बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (पुस १५ गते) देखि साधारणसभाको मितिसम्म बुक क्लोज गरेका छन्। यसको अर्थ आजसमम कायम सेयरधनीहरु यी दुवै बैंकका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

ग्लोबल आईएमई बैंकले यही पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले बैंकद्वारा प्रस्तावित १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

यसैगरी नेपाल एसबीआई बैंकले पनि आफ्नो वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्दैछ। सोही सभाले बैंकले प्रस्ताव गरेको कुल ९.४७ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद रहेका छन्।