काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को प्रतिफल सुरक्षित गर्ने आज भदौ २३ गते अन्तिम मौका रहेको छ। 

योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडले ती दुवै योजनाको प्रतिफल वितरण प्रयोजनार्थ भोलि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ आज भदौ २३ गतेसम्म कायम इकाइधनीहरुले मात्र यी दुवै योजनाको प्रतिफल पाउने छन्। 

गत भदौ १ गते बसेको सीबीआईएल क्यापिटलको सञ्चालक समितिको बैठकले ती दुवै योजनाका इकाइधनीलाई ४०/४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। घोषित प्रतिफलअनुसार फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल ३२ करोड ८० लाख रुपैयाँ र फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल २२ करोड ४० लाख रपैयाँ वितरण गरिने बैठकले निर्णय गरेको हो।