काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ४ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले लाभांश अनुमोदन गर्न यही असोज १८ गते आफ्नो ३० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा भर्चुअल माध्यमबाट कम्पनीको ललितपुरको झम्सिखेलीस्थित कार्यालयबाट बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकलगायत महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ।