काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित तीन लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ११ गते) अन्तिम मौका रहेको छ।

आशा, स्वरोजगार र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आशा र स्वरोजगारले भोलि कात्तिक १२ गते र सिभिलले कात्तिक १४ गते (कात्तिक १२ गते शुक्रबार र कात्तिक १३ गते शनिबार) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

आशा लघुवित्तले कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश आशा लघुवित्तको यही कात्तिक २७ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही कात्तिक २७ गते हुने १३ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।

त्यस्तै सिभिल लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश संस्थाको यही कात्तिक २८ गते हुने १० औँ वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीहरुलाई वितरण गरिनेछ।