काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मंसिर ८ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि निफ्रा र मेरो माइक्रोफाइनान्सले भोलि मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
निफ्राले गत आर्थिक वर्षका लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश निफ्राको यही मंसिर २९ गते हुने तेस्रो वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी मेरोमाइक्रोफाइनान्सले कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
मेरोमाइक्रोफाइनान्स प्रस्तावित लाभांश यही मंसिर २४ गते हुने नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19