काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्तावित गरेको सतप्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

यो कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १६ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको सतप्रतिशत लाभांश र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नै नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश यही पुस २९ गते हुने कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। सभा पर्साको वीरगन्ज नगरपालिकास्थित पिनीबिर्तामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ।