काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २३ गते अन्तिम मौका रहेको छ।

लक्ष्मी बैंक, समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। यीमध्ये लक्ष्मी बैंक समता लघुवित्तले भोलि मंसिर २४ गते तथा नेरुडे र रिलायन्सले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब आज मंसिर २३ गते (मंसिर २४ गते शुक्रबार र मंसिर २५ गते शनिबार) सम्म कायम सेयरधनीहरु यी दुई संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

लक्ष्मी बैंकले गत आर्थिक वर्षका लागि कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

बैंकको आउँदो पुस ८ गते हुने २१ औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी समता लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) रहेका छन्।

यो लाभांश संस्थाको आउँदो पुस ७ गते हुने ८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्। 

त्यस्तै नेरुडे लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल २२.६१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २१.४८७५ प्रतिशत बोनस र १.१३ प्रतिशत नगद (कर प्रयोजनार्थ) छन्।

नेरुडेको प्रस्तावित लाभांश आउँदो पुस १० गते हुने १५ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

रिलायन्स लाइफले भने आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आउँदो पुस ११ गते हुने चौथो वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।