काठमाण्डौ । लुम्बिनी विकास बैंकको आर्थिक वर्ष २०७७/७८ को लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम मौका रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश बैंकको आउँदो पुस ९ गते हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago