काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २९ गते अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्त लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

यो लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। 

प्रस्तावित लाभांश संस्थाको आउँदो पुस १० गते हुने सातौँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।