काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ८ गते अन्तिम मौका रहेको छ।
ज्योति विकास बैंक, बुटवल पावर कम्पनी, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी कम्पनीमध्ये ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफले भोलि पुस ९ गते र बुटवल पावर कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसर्थ आज पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि कुल १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ११ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश बैंकको यही पुस २३ गते हुने १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस २६ गते हुने २९ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि कुल २२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश संस्थाको यही पुस २६ गते हुने नवौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
त्यस्तै सूर्या लाइफले आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२.७ प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस १९ गते हुने १३ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19