काठमाण्डौ । एनसीसी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम मौका रहेको छ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंक गत आर्थिक वर्षका लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
प्रस्तावित लाभांशमा बैंकको यही पुस २४ गते हुने २९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago