काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख १५ गते अन्तिम मौका रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही वैशाख २८ गते आयोजना गर्दैछ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।
सभाले चुक्तापुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago