काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आज प्रतितोला फाइन गाल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला चाँदी १ हजार ३१५ रुपेयाँ कायम भएको छ।
गत शुक्रबार चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19