काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नेपालमा शुक्रबार थप दुईजना संक्रमित भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेमा थप एक÷एकजनामा कोरोना पोजेटिभ देखिएको हो। रुपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेको नेपालगन्जमा ६० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। 

दुवैजनाको स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। उनीहरुको अहिले स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको बताइएको छ।

यीसँगै नेपालमा हालसम्म ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।