काठमाण्डौ । एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फन्डको आईपीओ तेस्रो दिनको १ बजेसम्ममा नै सतप्रतिशत इकाइ बिक्री भएको छ।

गत असार १० गतेदेखि एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन गरेको रु. १ अर्ब आकारको तेस्रो बन्दमुखी योजनाको आईपीओ निष्कासन गरिएको थियो। उक्त फन्डको आईपीओ बिक्री खुला गरेको तेस्रो दिनमै माग गरेबमोजिमको आवेदन प्राप्त भएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ।

आज दिउँसो १ बजेसम्म ५४ हजार भन्दा बढी आवेदनबाट सतप्रतिशत इकाइ बिक्री भएको क्यापिटलले जनाएको छ। 

यो फन्डको आईपीओमा भोलि सोमबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ। यसका साथै अत्याधिक माग भएको अवस्थामा यो फन्डको साइज १ अर्ब २५ करोड रुपैयाँसम्मको पुर्याउन सकिने क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले जानकारी दिए।