काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल अधिकांश स्थानमा वर्षा भइरहेको हो।
विभागले मंगलबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसैगरी मंगलबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले निरन्तर वर्षा भइरहेको बाढीपहिरो उच्च जोखिम रहेका कारण नदीकिनार र तटीय क्षेत्रका बस्ती र पहाडी इलाकाहरुमा पहिरोको जोखिम रहेकाले त्यस्ता ठाउँमा रहेका बस्तीका मानिसलाई उच्च सतर्कता अपनाउन आग्रह पनि गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19