काठमाण्डौ । देशभर आज बुधबार हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनको न्यून चापीय रेखाका कारण मौसममा सामानय बदली भई देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु बिहानैदेखि मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ। 

आज दिउँसा पनि देशभर मौसममा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चटङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र प्रदश ५ का एक÷दुई स्थानमा भारती वर्षाको सम्भावना छ।

यसैगरी आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश र कणाली प्रदेशका केही स्थानमा राति भारी वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ।