 
                     
                                
                             
                                    काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर आज बुधबार पनि स्पेसल प्रिओपन समयमा कारोबार भएन। जसका कारण आज पनि यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार नहुने भएको छ।
नेप्सेमा गत सोमबार यो कम्पनीको सेयर सूचीकृत भएको थियो। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्ट दोस्रो बजारमा सेयर कारोबार हुने गर्दछ। जसअनुरुप हिजो मंगलबारबाट अजोड इन्स्योरेन्सको सेयर कारोबार नेप्सेले तोकेको सेयरमूल्य रेन्ज रु.९ ७ देखि रु.२९१ अन्तर्गत रही स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा पहिलो कारोबार खुल्नुपथ्र्यो। तर आज पनि सो समयमा खुल्न सकेन।
अजोडको सेयर उक्त मूल्यमा बिक्रीमा नआएपछि आज स्पेसल प्रिओपन सेसनमा खरिद र बिक्रीबीच म्याचिङ भएन र आजसमेत नियमित कारोबार हुन सकेन। तर सो समयमा अजोड (एआईएल) कोडमा बिक्रेता नआएकाले कारोबार हुन नसकेको हो।
स्पेसल प्रिओपन सेसनमा १० कित्तामात्र सेयर खरिदबिक्री भई कारोबार सम्पन्न भएको भए आज बुधबार नियमित कारोबार समय ११ बजेदेखि ३ बजेसम्म अजोड इन्स्योरेन्सको सेयर कारोबार हुन्थ्यो। अब भोलि बिहीबार पनि यदि स्पेसल प्रिओपन सेसनमा सेयर कारोबार भएमात्र अजोड इन्स्योरेन्सको कारोबार नियमित समयमा दोस्रो बजारमा हुनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19