काठमाण्डौ । देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षको सम्भावना रहेको अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केहीस्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19