काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड हुने भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा दिउँसो २ बजे आईपीओ बाँडफोड हुनेछ। 

समाज लघुवित्तको आईपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन्। यो कुल मागको तुलनामा १४८.२३ गुणा बढी आवेदन हो। 

क्यापिटलका अनुसार अब गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ। गोलप्रथाबाट ८ हजार ७० जनालेमात्र १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी ५ लाख ५५ हजार ९२८ आवेदकको हात खाली हुनेछ।

समाज लघुवित्तले गत भदौ ४ गतेदेखि ८ गतेसम्म ८६ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। त्यसमध्ये १ हजार कित्ता कर्मचारीका लागि र ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८० हजार ७०० कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन्।