काठमाण्डौ। सेयर बजार बुधबार पनि सामान्य अंकले उकालो लागेको छ। 

अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज सामान्य अंकले बढेर बन्द भयो। अब बजार तिहारपछि मात्र खुल्नेछ। 

आज करिब ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको  कारोबार भएको छ। जुन अघिल्लो दिनको कारोबारको तुलनामा ५५ करोडभन्दा बढी कारोबार भएको छ। 

आज पनि सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) नै परेको छ। नासाले आज खरिदभन्दा बढी बिक्री गरेको देखिन्छ। आज नासाले ३१ करोड २७ लाख रुपैयााबराबरको सेयर खरिद गरेको छ भने ८३ करोड २४ लाख ८५ हजार बराबरको बिक्री गरेको छ। 

त्यसैगरी दोस्रोमा आज पनि अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) परेको छ। यो ब्रोकरले आज २८ करोड ६५ लाखको सेयर खरिद गरेर ३८ करोड ७१ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। तेस्रोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) परेको छ। यो ब्रोकरले ४० करोड २४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने २६ करोड १९ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा चौथो स्थानमा छ। यो ब्रोकरले २६ करोड ४० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २३ करोड ४२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

पाँचौँ नम्बर रहेको आर्यतार इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७) ले २८ करोड ८४ लाख रुपैयाँबराबरको खरिद गरेको छ। आज यो कम्पनीले १८ करोड ३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

छैटौँमा स्थानमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) रहेको छ। यो ब्रोकरले १५ करोड ७६ लाख रुपैयाँको सेयर खरिद र २८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ७) सातौँ स्थानमा छ। अग्रवालले १७ करोड ९० लाख रुपैयाँबराबरको खरिद गर्दै २१ करोड २० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। आठौँ स्थानमा रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेकयुरिटिज (स्टक ब्रोकर नम्बर ३५) ले १८ करोड ४८ लाख रुपैयाँबराबरको खरिद गरेको छ। यो कम्पनीले २० करोड ५९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) नवौँ स्थानमा छ। यो ब्रोकरले १८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २० करोड ५९ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

उच्च कारोबार गर्नेको सूचीको दसौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले २१ करोड ६८ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने १७ करोड ११ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

आज नागरिक स्टक डिलरले जम्मा १ करोड ७ लाख रुपैयाँको सेयर खरिद गरेर  ९४ लाख रुपैयाँबराबरको बेचेको छ।