काठमाण्डौ । आज धितोपत्र कारोबार साँझ ५ बजेसम्म खुला हुने भएको छ। नियमित समय दिउँसो ३ बजेसम्म बजार खुल्ने गरेकोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) समस्या आएका कारण कारोबार स्थगित भएपछि २ घन्टा समय थप गरिएको हो।
टीएमएसमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको धितोपत्र कारोबार अहिले दिउँसो २ः१५ बजे खुलेको छ।
टीएमएसमा देखिएको समस्या समाधान गर्दै दिउँसो सवा २ बजेदेखि कारोबार सुरु गरिएको नेप्सेले जनाएको छ। अब आजको कारोबार ५ बजेसम्म खुला रहने नेप्सेले स्पष्ट पारेको छ।
टीएमएसमा बारम्बार समस्या आउँदा लगानीकर्ताहरु हैरान भएका छन्। केही दिनअघि पनि टीएमएसमा समस्या आएर कारोबार केही क्षणका लागि स्थगित गरी साँझ ५ बजेसम्म समय लम्ब्याइएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19