काठमाण्डौ । सेयर बजार आज (बिहीबार) बन्द रहने भएको छ।
सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएकोले आज सेयर बजार बन्द रहने भएको हो। हिजो बुधबार गृह मन्त्रालयले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
अब सेयर बजार आइतबार खुल्नेछ।
हिजो बुधबार सेयर बजार ६३.५४ अंकले ओरालो लागेको थियो। योसँगै नेप्से परिसूचक २५४७.०४ को विन्दुमा झरेको छ।
गत फागुन १७ गते पनि महाशिवरात्रिका अवसरमा सेयर बजार बन्द रहेको थियो।
यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भएको छ। यो ३ दिन नै बजार ओरालो लागेको छ। गत बिहीबार २६६१.४४ को विन्दुमा बन्द भएको बजार हिजो बुधबार २५४७.०४ को विन्दुमा बन्द भएको छ। यो हिसाबले यो साताभरि बजारमा ११४.४ अंकको गिरावट आएको छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago