काठमाण्डौ । हिमाली र पहाडी क्षेत्रमा आज बिहीबार फागु पूर्णिमा (होली) मनाइँदैछ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली माइन्छ। आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।