काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोबार समय थप गरेको छ ।
नेप्सेको अनलाइन कारोबार प्रणालीमा आज दिउँसो १ः४२ बजेदेखि कारोबार हुन सकेको थिएन ।
समस्या समाधान गरेको नेप्सेले कारोबार समय आज साँझ ६ बजेसम्म तोकेको हो ।
नेप्सेले सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली(टिएमएस) होस्टिङ भएको डेटा सेन्टर(डेटा हब)को राउटर वा फायरवालमा समस्या आएकोले कारोबार अवरुद्ध हुन पुगेको स्पष्टीकरण दिएको छ।
यो समस्या समाधान भई प्रणाली सुचारु भइसकेको नेप्सेको भनाई छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19