काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने २ करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।
यो लघुवित्तले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता आईपीओ जारी गर्नेछ।
आईपीओ निष्कासनका लागि आत्मनिर्भर लघुवित्तले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस विषयमा आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजललाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दाङको घोराहीमा रजिस्टर्ड कार्यालय रहेको आत्मनिर्भर लघुवित्तले छिटै आईपीओ जारी गरिने जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago