काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब यो लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो आईपीओ आत्मनिर्भर लघुवित्तको चुक्तापुँजी ३२.६२५ प्रतिशतबराबरको हुन आउँछ। आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ पुग्नेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।