काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ, जिप लाइन, स्विङ, केनोपी र रेस्टुरेन्ट एन्ड कफी सपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ।

बैंकका ग्राहकले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिनबाहेकको दिनमा १२% सम्म छुट प्राप्त गर्न सक्नेछन्।सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो योका तर्फबाट अध्यक्ष  रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन्। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट र सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइट www.nmb.com.np को एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।