काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक खपत भएर बचेको विद्युतमात्रै भारततर्फ निर्यात हुने बताएका छन्।
प्रतिनिधिसभामा शुक्रबार चलिरहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले आन्तरिक खपत भएर बचेको विद्युतमात्रै भारतलाई निर्यात गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्। ‘अहिले पनि नेपालमा खपत भएर बचेको विद्युत निर्यात भइरहेको छ’, उनले भने, ‘देशमा जलविद्युत् उत्पादनको सम्भावना अत्यधिक रहेको छ र देशको समृद्धि हासिल गर्नेमा ऊर्जा व्यापार महत्वपूर्ण हुनसक्ने तथ्य निर्विवाद रुपमै रहेको छ।’
आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत निर्यात गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सरकारले लिएको प्रधानमन्त्री दाहालले बताए। ‘यसका लागि देशको आन्तरिक खपत हेरेर सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सम्झौता गर्नेछ’, उनले भने।
प्रधानमन्त्री दाहालले अहिले नै विद्युत् व्यापारका लागि सम्झौता भइनसकेको पनि स्पष्ट पारे। प्रचलित कानुनको परिधिभित्र रही विद्युत व्यापार सम्झौता हुने र अहिले त्यसको तयारी भइरहेको उनले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago